रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्णरूपमा ध्वस्त बनाएको छ।
बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति गरेको छ। त्यहाँ राखिएका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ।
बाढीले भन्सारमा राखिएका कयौं कन्टेनर बगाएको छ भने मितेरी पुलमा पनि ठूलो क्षति भएको छ। अहिले गोसाइँ कुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाबाट परिचालित स्वास्थ्यकर्मीहरूको टोली बाढीबाट प्रभावित क्षेत्रतर्फ गएको छ।टिमुरेस्थित पार्किङस्थलमा, उद्धार तथा उपचारका लागि टोली गएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij