२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका लेखापालको मृत्यु

आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका लेखापालको मृत्यु

काठमाडौँ- जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार शनिबार बिहान विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिएका ढकालको काठमाडौंंस्थित वर्न हस्पिटल लैजाने क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

लेखापाल ढकालले बिषादीजन्य पदार्थ सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँलाई आगो लगाएको खुलेको जबराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबराले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij