२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

एसइईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिनेछ

एसइईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिनेछ

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो ।

योपटक शिक्षकहरूको आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

२०८१ को एसइईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जिपिए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना र १.६ जिपिएदेखि २ जिपिएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

नतिजा यसरी हेर्न सकिने छ :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij