काठमाडौं । आइसीसी टि २० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच पहिलो खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्टिय क्रिकेट मैदानमा आज बिहान ९ बजे खेल सुरु हुँदैछ । नेपाल पहिलो खेल जितेर सुखद सुरुवात गर्ने रणनीतिमा छ ।
नेपाल र सिंगापुरबीच चार टि-२० आई खेल भएकोमा नेपालले एक खेल जितेको छ भने एकमा पराजित भएको छ । वर्षाको कारण दुई खेल रद्ध भएका थिए ।
समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij