काठमाडौं । आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुनेमा हुने खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।
जारी क्रिकेट विश्वकपमा श्रीलंका र अफगानिस्तान ५-५ खेलमा २-२ खेल जितेका छन् । दुवैले ३ खेलमा हार बेहोरेको श्रीलंका ४ अंकसहित अहिले पाँचौं स्थानमा रहेको छ भने ३ नै खेलमा हार बेहोरेको अफगानिस्तान ४ अंकसहित सातौं स्थानमा रहेको छ ।
श्रीलंका र अफगानिस्तानबीच अहिलेसम्म ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा श्रीलंकाले ७ खेल जितेको छ भने अफगानिस्तानले ३ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
यस विश्वकपमा दुवैको अब ४-४ खेल खेल्न बाँकी रहेको छ । त्यसैले पनि दुवैका लागि यो खेलको जित महत्वपूर्ण रहेको छ । यस खेलमा हार बेहोरेमा दुवैका लागि सेमिफाइनलको यात्रा कठिन हुने छ । यस विश्वकपमा अफगानिस्तानले
डिफेन्डिङ च्याम्पियन इङल्याण्ड र विश्वकपको दाबेदार मानिएको पाकिस्तान जस्ता ठुला टिमलाई पराजित गरेको छ । त्यसैले श्रीलंकाका लागि यस खेलमा अफगानिस्तानले कडा चुनौती दिने अनुमान गर्न सकिन्छ । त्यस्तै श्रीलंकाले पनि पछिल्लो खेलमा इङल्याण्डलाई पराजति गरेर बल्यो आत्मविश्वासका साथ यो खेल खेल्दै छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij