२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भारतसँग १ सय रनले हारेको इंगल्याण्ड अंकतालिकाको पुछारमा !

भारतसँग १ सय रनले हारेको इंगल्याण्ड अंकतालिकाको पुछारमा !

एजेन्सी । भारतले जारी क्रिकेट विश्वकपमा लगातार छैटौं जित हासिल गरेको छ । क्रिकेट विश्वकपमा भारतले ईङल्याण्डलाई १०० रनले पराजित गर्दै लगातार छैटौं जित हासिल गरेको हो ।

भारतले दिएको २३० रनको लक्ष्य पछाएको ईङल्याण्ड ३४.५ ओभरमा अलआउट हुदै १२९ रन बनाएपछि भारतले खेल १०० रनले जितेको हो ।

यसअघि टस हारेर  पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २२९ रन बनाएको थियो । यो जितपछि भारत अपराजित रहदै ६ खेलमा १२ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी ईङल्याण्डले पाँचौं हार बेहोरेको छ । ६ खेलमा केवल एक खेल जितेको ईङल्याण्ड सेमिफाइनलको दौड लगभग समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij