२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

आजदेखि देशभर फैलियो मनसुन

आजदेखि देशभर फैलियो मनसुन

काठमाडौँ । मनसुन आज (शुक्रबार) देखि देशभर फैलिएको छ। गएको जेठ १५ गते बिहीबार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको मौसमविदले जनाएका छन्।

यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो। आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ।

यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो। नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij