२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

काठमाडौं ।  ग्लोबल आइएमई बैङ्कले डिजिटल बैङ्किङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ।

बैङ्कको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैङ्कको आफ्ना ग्राहकहरूलाई दक्षिणा स्वरूप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ।

ग्लोबल आइएमइ बैङ्कको ग्लोबल स्मार्ट ए्याप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैङ्कको दक्षिणा पाउनेछन्।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रूपमा बैङ्कले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij