२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर गरेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर गरेर स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।

रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ । त्यसमा राप्रपाको पनि साथ छ ।

माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन् । सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन । सभामुखले भोलि सहमतिका लागि दललाई आवश्यक छलफल गर्न निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij