२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

फेसबुकमा अलविदा लेखेर बेपत्ता डा. श्रेष्ठ सकुशल फेला

फेसबुकमा अलविदा लेखेर बेपत्ता डा. श्रेष्ठ सकुशल फेला

काठमाडौँ । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार, उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ।

बोहोराले बताएअनुसार, डा. श्रेष्ठ बालाजुको एक रेस्टुरेन्टमा भेटिएका हुन्।

हाल प्रहरीले उनलाई नियन्त्रणमा लिई भद्रकालीस्थित प्रहरी परिसर ल्याउँदै छ।

डा. श्रेष्ठले फेसबुकमा लेखेको स्टाटसमा आफूलाई रामेछाप अस्पतालमा कार्यरत रहँदा विभिन्न झूटा आरोप र षड्यन्त्रका कारण सरुवा गरिएको उल्लेख गरेका थिए । उनले अस्पताललाई व्यवस्थित बनाउन खट्दा केही कर्मचारी र व्यक्तिहरूबाट धम्की र अमानवीय व्यवहार भोग्नुपरेको बताएका थिए ।

स्टाटसमा उनले आफूलाई मानसिक रूपमा कमजोर भएको र जीवनबाट हार खाएको भावना व्यक्त गर्दै आफ्नी आमा, श्रीमती, छोरी र परिवारसँग माफी माग्दै यथार्थ कुरा बाहिर ल्याउन अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij