२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौँ- यसै सिजनको इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एफए कप पनि घर भित्र्याएको छ।

शनिबार राति वेएम्ब्ली स्टेडियममा भएको फाइनल भिडन्तमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटीले सातौँ पटक उपाधि पक्का गरेको हो।

यो सिजन तीन उपाधि जित्ने दौडमा रहेको सिटीका लागि दुवै गोल कप्तान इलिक्के गुन्डोगानले गरे।

उनले पहिलो गोल खेलको १४ सेकेन्डमै गरेर रेड डेभिल्सका फ्यानलाई स्तब्ध बनाए। उनलाई गोलका लागि केभिन डे ब्रुएनले अवसर दिलाएका थिए।

तर ज्याक ग्र्यालिसले डी बक्सभित्र ह्यान्ड गरेपछि खेलको ३३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर, दोस्रो हाफमा सिटीले अग्रता बनायो। उसका लागस खेलको ५१ औँ मिनेटमा गुन्डोगानले नै डी एरियाबाट हानेको बललाई जाली चुमाउन सफल भए।

त्यसपछि खेलमा युनाइटेडले दबाब बनाए पनि गोल गर्न सकेन। युनाइटेडले खेलको अन्तिम समयमा गरेको काउन्टर एट्याकलाई सिटीका जोन स्टोनले बिफल बनाए।

त्यसपछि दुवै टोली गोल गर्न असफल हुँदा सिटी एकै सिजन दुई घरेलु उपाधि जित्न सफल भयो।

अब सिटीले युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्दैछ। यो खेल आगामी १० जुनमा इटालियन क्लब इन्टरमिलानविरूद्ध टर्कीमा हुनेछ। सिटीले यसअघि नै प्रिमियर लिगको उपाधि उचालिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij