२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आइरहेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिए । नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु. एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु. एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उनले बताए ।

सरकारले कक्षा १-५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु. १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १-८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उनले बताए । “विद्यालयसँगै जोडिएको स्थानीयको तीन रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ” उनले भने, “यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij