विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थनसहित विश्वासको मत पाएका हुन् ।
प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् ।
कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मत दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक सांसद भने अनुपस्थित थिए ।
संविधानको धारा १६८९५० बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् ।
योसँगै संघ र प्रदेशमा विपक्षमा रहेको एमाले कोशी प्रदेशमा सरकारमा सामेल भएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij