२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकन राप्ती समाजको उद्घाटन १५ जुनमा हुने

अमेरिकन राप्ती समाजको उद्घाटन १५ जुनमा हुने

अस्टिन, टेक्सास ।  संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका राप्ती अञ्चलका प्रवासी नेपालीहरूले “अमेरिकन राप्ती समाज” नामक एक गैर-नाफामूलक संस्था गठन गर्ने भएका छन्।

राप्ती अञ्चलका नागरिकहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक तथा अन्य विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो संस्था स्थापना गर्न लागिएको हो।

संस्थाको औपचारिक उद्घाटन कार्यक्रम २०२५ जुन १५, शनिबार दिउँसो १:०० बजे, १५४२४ Farm to Market Rd 1825, Suite 230, Pflugerville, TX 78660 मा आयोजना गरिनेछ। उक्त कार्यक्रममा राप्ती क्षेत्रका प्रवासी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहनेछ, जसमा संस्थाको उद्देश्य, भावी योजना, र विविध गतिविधिहरूको बारेमा जानकारी प्रदान गरिनेछ।

“अमेरिकन राप्ती समाज” ले शिक्षा, स्वास्थ्य, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै, राप्ती क्षेत्रको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ। साथै, नेपाल र अमेरिकामा रहेका राप्ती बासिन्दाहरूबीच आपसी सहकार्य र सहयोगको माध्यमबाट विकासका अवसरहरू प्रदान गर्ने विश्वास लिइएको छ। संस्थाले विभिन्न सामाजिक गतिविधिहरूको आयोजना गर्दै समुदायको समग्र सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यो संस्था राप्ती अञ्चलका नागरिकहरूको लागि नयाँ आशा र अवसरहरूको ढोका बन्ने विश्वास गरिएको छ। संस्थाले प्रवासी राप्ती समुदायलाई एकजुट गर्दै सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, समुदायको आवाज बुलन्द बनाउने, हक र अधिकारको संरक्षण गर्ने, र नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने दिशामा संस्थाको सक्रिय भूमिका रहनेछ।  थप जानकारीको लागि सम्पर्क गर्नु सकिने छ ।
•डि. बी. रावत – ५१२-८७९-८८३५
•सामना देवकोटा – ५१२-५२१-६२२०
•सुजन बुढाथोकी – ७३७-४१४-९००८
•निम भारती – २५४-७९१-३४५४
•लीला डांगी – ६४६-९४४-०७३५

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij