२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

‘प्रतिनिधि सभा बैठक आज दुई बजेदेखि सञ्चालन हुन्छ’-सभामुख

‘प्रतिनिधि सभा बैठक आज दुई बजेदेखि सञ्चालन हुन्छ’-सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दुई बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधि सभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताए ।

“सदन अवरुद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरे भने “सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरु हुन्छ ।”

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने जानकारी दिँदै उनले भने, “नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ ।”

सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij