२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

माधव नेपालको सांसद पद निलम्बनका लागि संसद् सचिवालय पुग्यो पत्र

माधव नेपालको सांसद पद निलम्बनका लागि संसद् सचिवालय पुग्यो पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुगेको छ ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।

संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पढेर सुनाउने छन् । अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij