२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानको भिडन्त

विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानको भिडन्त

काठमाडौं : आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुदै छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसव सवा २ बजे खेल हुनेछ।

जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २/२ खेल जितेर शानदार शुरुवात गरेका छन्। भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।

क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ। ​

एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक भिडन्त भएको छ। र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन।

विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ। दुवैबीच अहिलेसम्म १३४ एकदिवसीय खेल भएका छन्। जसमा पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ। ५ खेलको कुनै नतिजा आएको छैन।

भारत र पाकिस्तानबीच पछिल्लो पटक हालै सम्पन्न एशिया कपमा खेल भएको थियो । एशिया कपमा खेलेको पहिलो खेल बर्षाले प्रभावित भएपछि नतिजा आएको थिएन भने दोस्रो खेल भारतले २२८ रनले जितेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij