टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् । अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

संघको उपाध्यक्षमा कल्पना घिमिरे चयन भएकी छन् । त्यस्तै महासचिवमा ईश्वरी न्यौपाने तथा कोषाध्यक्षमा झरना अधिकारी र सचिवमा शंकर बहादुर थापा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा चयन भएकाहरुमा राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का र डिल्ली बहादुर राउत रहेका छन् ।

त्यसैगरी क्षेत्रीय संयोजकहरुमा सृजना काफ्ले, शान्तिराज राई (उत्तर पूर्व) दिपक दाहाल (पश्चिम) र ओम आचार्य (मध्य) चयन भएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij