२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

अराजक बन्यो राजावादी आन्दोलन

अराजक बन्यो राजावादी आन्दोलन

काठमाडाैं। राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको हो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास लगाएत गोली प्रहार गरेको थियो।

प्रदर्शनकारीले तीनकुनेमा रहेका एक घरमा आगजनी गरेका छन् भने धेरै घरमा ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरिएको छ भने अन्य संरचनामा पनि क्षति भएको छ।

दर्शनकारीहरु भाटेभटेनीमा प्रवेश गरी त्यहाँका सामान लुटपाट गरेका हुन्। उनीहरुले सामान बाहिर निकालेर अगाजानीसमेत गरेका छन्।

यसैबीच स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका पाँच स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंकमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको हो।

नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij