२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

यसअघि बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले २ बजे बस्ने सूचना प्रकाशित गरेको थियो ।

तर सभामुखसँगको छलफलमा विपक्षी दल आफ्नो अडानबाट पछि नहट्ने बताएपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

सरकारले कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरुले अवरोध जारी राखेपछि बैठक समयमा संचालन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij