अस्टिन । टेक्सासको अस्टिन सिटी र अस्टिन वरपरका सिटीहरुमा बसोबास गर्ने नेपाली हरुले अङ्रेजी नयाँ बर्ष २०२५ को अवसरमा पारिवारिक बनभोज अर्थअत पिक्निक कार्यक्रम आयोजना गरेर रमाइलो गर्ने योजना बनाएका छन। उक्त पिक्निक कार्यक्रममा नेपाली खानाका परिकार हरुका साथै नेपाली पञ्चेबाजा सहित नाच गान गरेर रमाइलो गरिने कुरा आयोजक मध्यका एक जना टंक रेग्मी “महेश” ले जानकारी दिनुभयो ।
उक्त पिक्निक कार्यक्रम 29 December 2024 का दिन बिहान ९:०० बजे देखी बेलुका ५:०० बजे सम्म ADAM ORGAIN PARK, 1001 C..RD 137 Hutto, 78634, Texas मा आयोजना हुने छ । कार्यक्रायममा सहभागिताको लागी प्रती ब्यक्ती $१० र परिवारको लागी $२५ शुल्क लाग्ने छ। पिक्निक कार्यक्रममा सहभागिताको लागी सि.पि पौडेल ६८२ २२७ ५५४४, महेश रेग्मी ५१२ ९८३ ९०७८ र उद्धब खनाल ७३७ २०७ २५०० लाई सम्पर्क गर्न सकिने छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij