२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आममाफी पाएका रिगलविरुद्ध मुद्दाको आज सुनुवाइ

आममाफी पाएका रिगलविरुद्ध मुद्दाको आज सुनुवाइ

काठमाडौँ- २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएका छन्।

सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारको आलोचना गरिरहेका छन्। यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थालेकी छन्।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौँ आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थालेकी हुन्।

हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उनको माग छ। हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उहाँ सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो।

रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतबार भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। यो रिटमा आज सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

रिगलविरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij