२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रसंघका महासचिव गुटेरस असोज २६ गते नेपाल आउने

राष्ट्रसंघका महासचिव गुटेरस असोज २६ गते नेपाल आउने

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका छन्। असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहनेछन्।

गत भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएका वेला प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री ‘प्रचण्ड’ ले मंगलबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउन लागेको जानकारी दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए।

‘प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो’, उनले भने, ‘उहाँले असोज २६ गते नेपाल आउने गरी निम्तो दिनुभएको थियो।’ पौडेलका अनुसार गुटेरसको भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रियालगायत विविध विषयमा महत्वपूर्ण छलफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij