२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नुस् : उपप्रधानमन्त्री सिंह

कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नुस् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले किसानलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको शुक्रबार विमोचन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालका लागि कृषिको महत्त्व धेरै नै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिए।

‘कृषि नेपालका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा त सबैले थाहा पाएकै विषय हो। नेपाललाई कृषि प्रधान देश भनेर हामी भन्छौं। कृषि प्रधान देशमा किसानको वित्तीय अवस्था सुधार गर्न कृषि विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ’, उनले भने, ‘२०४६ सालको परिवर्तनपछि खुला अर्थतन्त्रको नीति अगाडी बढेपछि थुप्रै नीजि बैंक आइसकेका छन्। समयको मागलाई बुझेर त्यसमा प्रतिस्पर्धा गरेर कृषकलाई ध्यानमा राखेर कृषि विकास बैंकले आफूलाई अगाडी बढाउने कुरामा जोड दिनुपर्छ।’

त्यस्तै उनले कृषि विकास बैंकलाई सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न पनि आग्रह गरे। आर्थिक रुपमा अहिले देखिएको असहज अवस्था फुकाउन कस्तो नीति लिएर अघि बढ्नुपर्छ सोही अनुसारको नीति बनाएर काम गर्न पनि बैंक व्यवस्थापनलाई उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij