२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

पूर्वसभामुख ढुंगानाको निधनमा आज शोक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा आज शोक बिदा

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार शोक बिदा दिने भएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। ढुंगानाको हिजो निधन भएको थियो। आज पशुपति आर्यघाटमा अन्त्यष्टि कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij