काठमाडौं। कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ।
आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको हो। विमानस्थलबाट प्रहरीले अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगेको छ।
अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुर्याउन खोजेको आरोप छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij