२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सीजी मोटर्सद्वारा जी६ इलेक्ट्रिक एसयूभी लन्च,थापाथलीमा नयाँ सोरुम

सीजी मोटर्सद्वारा जी६ इलेक्ट्रिक एसयूभी लन्च,थापाथलीमा नयाँ सोरुम

काठमाडौं। अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा फ्ल्यागसिप सोरुम औपचारिक रूपमा उ‌द्घाटन गरेको छ।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि तथा एक्सपेंगका पदाधिकारी  उपस्थित थिए।

एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गूले उद्‌घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डबारे सञ्चार माध्यमलाई जानकारी गराए चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धि र आगामी योजनाबारे चर्चा गरे।

यो फ्ल्यागशिप  सोरुम उद्‌घाटन र जी६ (अल्ट्रा स्मार्ट कोप एसयूभी) मोडलको लञ्चसँगै एक्सपेंगले  ‘लिडिङ द फ्युक्चर अफ एआई मोबिलिटी’ ब्रान्ड भिजन राखेको छ। एक्सपेंगले अत्याधुनिक एआई(संयुक्त गाडी विश्वभरि ल्याइसकेको छ भने अब ३० भन्दा बढी देशमा उपस्थित भइसकेको छ।

विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी फोक्सवागन ग्रुपले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ। उद्‌घाटन कार्यक्रममा सीजीएमले पहिलो चराणका ग्राहकलाई २५ वटा जी६ गाडी हस्तान्तरण गरेको छ।

जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण ई–एनक्याप मा ५ स्टार रेटिंग प्राप्त छ। यसका साथै एक्सपेंग जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, एसईपिए २.०, ओटिए, अपडेट, एक्सओएसअपरेटिङ सिस्टम, र ८००४ सुपर फास्ट चार्जिङ प्रणाली समावेश छ। यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ। यससले ४३५ किलोमिटरको रेन्ज दिन्छ।

स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०।५० लोड रेशियो, एल्युमिनियम डाई(कास्ट बनावट, र ९(डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।

देशभरि २० बढी बिक्री तथा सेवा केन्द्र मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो। सीजीएमले यस वर्षभित्रै ४० वटा स्थान सम्म सेवा केन्द्र बढाउने र हालका २४४ भन्दा बढी स्थानको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij