२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

विराटनगर । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको उनको सचिवालयले बताएको छ।

‘मेरा बिषयमा बाहिर हल्ला चलेपछि नैतिकताको आधारमा राजीनामा दिएको हुँ’ मन्त्री अधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने – ‘यस्तो अवस्थामा पदमा बसिरहनु ठिक लागेन।’

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ।

तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनले पारिवारिक भेटघाटका लागि एकाएक जापान जानुपर्ने भएकाले आफूले भ्रमण स्विकृतका लागि समय नपाएको बताउँदै आएका थिए।

अधिकारी गत कात्तिक १३ गते जापानको टोकियोमा हुने एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए। तर स्रोतका अनुसार उनी उक्त कार्यक्रममा सहभागी नभइ फर्केपछि थप विवादमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij