२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राजेशपायल राईसँगै झुम्यो अस्टिन

राजेशपायल राईसँगै झुम्यो अस्टिन

अस्टिन । तिहारको सन्दर्भमा अमेरिकामा आयोजित ‘राजेश पायल राई : लाईभ इन अस्टिन’ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । नमो नमस्ते ईन्टरटेन्टमेन्ट र एटएटफोरएट मिडियाले आयोजना गरेको कार्यक्रम टेक्ससस्थित अतिथि ग्रील एण्ड रेष्ट्रोमा सम्पन्न भएको हो ।

अतिथि ग्रीलमा खचाखच भरिएका दर्शकहरु माझ गायक राजेश पायल राईले लगातार आफ्ना हिट गीतहरु गाएका थिए । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सयौं दर्शक राईसँगै गाउँदै नाँचेका थिए ।

छोटो समयको तयारीमै लाईभ इन अस्टिन कार्यक्रम भव्यरुपमा सफल भएको आयोजकले जनाएको छ । अमेरिकामा रहेका संगीतप्रेमी नेपालीका लागि निरन्तर यस्ता कार्यक्रम गरिरहने आयोजकको भनाई छ ।

‘राई इज किङ’ उपनमाले समेत चिनिने गायक राईले अमेरिकाका विभिन्न स्थानमा आफूले कार्यक्रम गरेको भएपनि अस्टिनको कार्यक्रम अझ विशेष र स्मरणीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij