२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एमालेको प्रदेश अधिवेशन : सहमति नभएपछि कोशी र कर्णालीमा आज मतदान

एमालेको प्रदेश अधिवेशन : सहमति नभएपछि कोशी र कर्णालीमा आज मतदान

काठमाडौँ- नेकपा एमालेका कोशी प्रदेश र कर्णाली प्रदेश कमिटी चयनका लागि आज (आइतबार) चुनाव हुँदैछ।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा बिहान ८ बजे मतदान सुरु हुनेछ भने कोशी प्रदेशमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गरिनेछ।

कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुँदै छ। उता कोशीमा एमाले अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij