२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

टेक्ससमा नेपाली सुमदायबीच शुभकामना आदानप्रदान

टेक्ससमा नेपाली सुमदायबीच शुभकामना आदानप्रदान

टेक्सस । अमेरिकाको टेक्ससमा नेपाली समुदायबीच राष्ट्रिय पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । श्री पशुपतिनाथ मन्दिर परिसरमा ग्यान्स, मन्दिरका ट्रष्टी र अस्टिनबासी नेपालीको संयुक्त  आयोजनामा गरिएको कार्यक्रममा दशैं मेला समेत सञ्चालन गरिएको थियो । सो क्रममा दशैं कप फुटबल प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र पुरस्कारसमेत प्रदान गरियो ।

अमेरिकामा रहेका नेपालीहरु देशबाट टाढा भएपनि भावनात्मक रुपमा नेपाली पर्वहरुको रमाइलोबाट टाढा नहोउन् भन्नका लागि शुभकामना आदानप्रदान एवं दशैं मेला आयोजना गरिएको हाे । सो क्रममा गायिका देविका केसीले सांगतिक प्रस्तुति दिएकी थिइन् ।

मेलामा नेपाली रेष्टुरेन्टहरुले राखेका विभिन्न परिकारका फुड स्टलहरु आकर्षणको केन्द्र बनेका थिए ।

सो क्रममा विभिन्न सांस्कृतिक झाँकीहरुका साथै रुकुमको मयुर नाँच प्रस्तुति समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij