२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

यी हुन् एमाले वाग्मती प्रदेशका निर्वाचित पदाधिकारी

यी हुन् एमाले वाग्मती प्रदेशका निर्वाचित पदाधिकारी

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए ।

यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् ।

उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जिते । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।

मतदानमा एक हजार १३५ मत खसेको थियो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij