२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अब १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने

अब १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने

काठमाडौं- अब नेपालमा १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने भएको छ।

नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी दिएको हो।

भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा बढी भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ।

भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने जनाइएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने सूचनामा जनाइएको छ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij