२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एसियाली खेलकुद : नेपालले आज ८ वटा खेलमा प्रतिस्पर्धा गर्दै

एसियाली खेलकुद : नेपालले आज ८ वटा खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ- चीनको हाङजाओमा जारी एसियाली खेलकुदअन्तर्गत आज बुधबार नेपाल आठ खेलमा भिड्दै छ।

बिहीबार प्रतियोगितामा नेपालका खेलाडीले बास्केटबल, बक्सिङ, जुडो, टेबल टेनिस, स्क्वास, क्रिकेट, ह्यान्डबल र ई-स्पोर्टस्‌मा प्रतिस्पर्धा गर्ने भएका हुन्।

थ्री बाई थ्री बास्केटबलको पुरुष राउन्ड रोबिनमा नेपाल र काजकिस्तान भिड्ने तालिका छ।

बक्सिङतर्फ महिला ५० केजीमुनिको तौल समूहमा नेपालकी सुष्मा तामाङले काजकिस्तानकी खेलाडीसँग स्पर्धा गर्नेछिन्। पुरुष ६३.५ केजी तौलमुनिको समूहमा भूपेन्द्र थापाले स्पर्धा गर्नेछन्। ८० केजीमाथिको तौल समूहमा रविनले फिलिपिन्सका नोबेल जोनसँग खेल्नेछन्।

जुडोको मिक्स टिम डबल्सको क्वार्टरफाइनलमा नेपालले जापानको सामना गर्दै छ।

टेबल टेनिसमा पुरुष सिगंल्समा नेपालका रुविन महर्जनले मालदिभ्समा सफान मोहमदसँग खेल्नेछन्। त्यस्तै संयोग कपालीले यमनमा अहमद अहमद ओमान अलीसँग स्पर्धा गर्नेछन्।

मेन्स डबल्समा संयोग र रुविनले पाकिस्तानका खेलाडीको सामना गर्नेछन्। मिक्स डबल्सको प्रि-क्वार्टरफाइनलमा संयोग कपाली र नविता श्रेष्ठको जोडीले कोरियाका खेलाडीको सामना गर्नेछन्। यस्तै रुविन महर्जन र सिक्का सुवाल श्रेष्ठको जोडीले डेमोत्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाको टोलीसँग खेल्नेछन्।

स्क्वासमा महिलातर्फ नेपाल र भारत तथा नेपाल र पाकिस्तानसँग खेल्ने तालिका छ। पुरुषतर्फ नेपाल र कतार तथा नेपाल र सिंगापुर आमनेसामने हुनेछन्।

आजै हुने पुरुष क्रिकेटमा नेपाल र मंगोलिया भिड्नेछन्। महिला ह्यान्डबलमा नेपाल र जापान खेल्नेछन्। ई–स्पोर्ट्स्‌मा नेपालले काजकिस्तान र भियतनामसँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij