२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ ।

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij