काठमाडौं- १९औँ एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले शुक्रबार भियतनामसँग पहिलो खेल खेल्दैछ ।
नेपाल र भियतनामबीचको खेल बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयअनुसार पौने १ बजे शुरू हुनेछ। नेपाल समूह ‘डी’ मा छ।
पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ। पुरुष फुटबलमा नेपाल सहभागी छैन।
चीनको हान्झाउमा शनिबार उद्घाटन हुने १९औं एसियाडअन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेल शुरू भइसकेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij