२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

शेयर बजारमा २७ अंकको गिरावट

शेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको छ । तीनसय कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो ।

आज म्याचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेको छ। बजार दोहोरो अंकले घटे पनि मिड सोलु हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १७ लाख बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij