२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठक आज पनि बस्ने भएको हो । बैठक ११ बजेबाट सुरु हुनेछ ।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले आठ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएका थिए । उनले अझै धेरैजना महत्त्वपूर्ण व्यक्तिहरू छुटेको भन्दै केन्द्रीय समितिमा ल्याउन नसकेकाहरूलाई महासमितिमा मनोनीत गर्ने बताएका थिए ।

उनीपछि महामन्त्री गगन थापाले अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयनको प्रगतिविवरण र तत्कालीन योजनाहरू प्रस्तुत गरेका थिए । महामन्त्रीपछि सात प्रदेशका प्रदेश सभापतिहरू, उपसभापति पूर्णहादुर खड्कासहितले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij