२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

काठमाडौंमा सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौंमा सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आइतबारदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

खसी, बोकाको प्रतिकेजी ६ सय ७० मूल्य तोकिएको छ भने त्यसमा १० रुपैयाँ सहुलियत दिई ६ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनले बताइन् ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य तोकिएको छ । यसमा पनि १० रुपैयाँ सहुलियत दिई एक हजार २२० रुपैयँमा बिक्री वितरण सुरु गरिएको जनाइएको छ ।

चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij