२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बार्यनसँग म्यानचेस्टर युनाइटेड पराजित, आर्सनलको शानदार जित

बार्यनसँग म्यानचेस्टर युनाइटेड पराजित, आर्सनलको शानदार जित

काठमाडौं : यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा बार्यनले युनाइटेडलाई ४-३ गोलले हराएको हो। पहिलो हाफमा २-० ले अघि रहेको बार्यन खेलको ४९ मिनेटमा रास्मसले गोल गरेर युनाइटेडलाई खेलमा फर्काउन खोजे।

तर ५३ मिनेटमा बार्यनका ह्यारी केनले पेनाल्टीमा गोल गरेर खेल ३-१ को अवस्थामा ल्याए। ८८ मिनेटमा क्यासमिरोले गोल गरेर युनाइटेडलाई ३-२ मा पुर्‍याए।

तर इन्जुरी समयको दोस्रो मिनेटमै बार्यनले गोल गरेर खेललाई ४-२ को अवस्थामा पुर्‍यायो। त्यसको तीन मिनेटमा युनाइटेडका क्यासमिरोले गोल गरे।

गएराति नै भएका अन्य खेलमा आर्सनलले पीएसभीलाई ४-० ले हरायो। आरबी साल्जबर्गले बेन्फिकालाई पराजित गर्दा नापोलीले क्लब बुर्गलाई हरायो। यस्तै रियल मड्रिडले युनियन बर्लिनलाई १-० ले हरायो।

गालातासरे र कोपनहेगन, सेभिल्ला र लेन्स तथा रियल सोसिडाड र इन्टर मिलानले बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij