२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

चक्कु रोपी रोपी किशोरीको हत्या, प्रत्यक्षदर्शीले हेरिरहे

चक्कु रोपी रोपी किशोरीको हत्या, प्रत्यक्षदर्शीले हेरिरहे

एजेन्सी- भारतको नयाँदिल्लीस्थित शाहबाद डेयरी क्षेत्रमा एक किशोरीको हत्या भएको छ। हत्याको भिडि‌ओ सीसीटीभी फुटेजमा कैद भएको छ। जहाँ एक किशोरले १६ वर्षीया किशोरीको चक्कु रोपी रोपी हत्या गर्छन्।

गएको आइतबार बेलुका ८:४५ मा शाहबादको एक गल्लीमा युवती हिँडिरहेकी छन्। त्यहाँ पहिल्यैदेखि पर्खिरहेका साहिल खानले १६ वर्षीया साक्षीलाई अचानक चक्कु प्रहार गर्न थाल्छन्। १६ पटकसम्म चक्कु प्रहार गरेपछि ती युवकले उनीमाथि ढुंगाले पनि प्रहार गर्छन्।

सीसीटीभी फुटेजमा देखिएअनुसार प्रत्यक्षदर्शीहरूले युवकले गरिरहेको आक्रमण देख्छन्, हेर्छन्, कुनै हस्तक्षेपबिना अघि बढ्छन्।

करिब डेढ मिनेटको उक्त भिडिओमा एक युवकले उक्त आक्रमण रोक्न खोज्छन्, तर त्यहाँ जम्मा भएको अरु कोही मान्छेले ती व्यक्तिलाई मद्दत गर्दैनन्। आक्रमणकारीले सहयोग गर्न खोजेका युवकलाई पनि आक्रमण गर्न खोजेपछि उनी पनि त्यहाँबाट भाग्छन्। त्यो समयमा त्यहाँ धेरै युवाहरू उभिएर घटना हेरिरहेको देख्न सकिन्छ।

आक्रमणपछि आक्रमणकारी त्यहाँबाट चुपचाप जान्छन्। घटनापछि जम्मा भएको उत्तेजक भीडले बालिकालाई अस्पताल सम्म लैजाने प्रयास गर्दैनन्।

शाहबाद डेयरीकी बासिन्दा इन्दिरावतीका अनुसार घटनाको करिब एक घण्टापछि मात्रै घटनास्थलमा प्रहरी आएको थियो। प्रहरीले नै उनलाई अस्पताल पुर्‍याएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।

घटनापछि फरार अभियुक्त साहिल खानलाई प्रहरीले २४ घण्टापछि उत्तर प्रदेशको बुलन्द शहरबाट पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त साहिल र ती किशोरी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij