२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार पहिलो दिन शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर स्याङ्गे हाइड्रोपावर शेयर १० प्रतिशत तथा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त र कुमारी सबल योजनाको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ८१ करोड बराबरको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij