२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पार्टी एकताको लागि नाम फेर्न तयार भयो माओवादी

पार्टी एकताको लागि नाम फेर्न तयार भयो माओवादी

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने सर्कुलेसन गरेको छ।

पार्टी महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने उल्लेख छ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ।

माओवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वका नेकपा सँग छलफल गरिरहेको छ। त्यस्तै जसपासमेतको सहभागितामा समाजवादी मोर्चा पनि गठन गरिएकाले नामको लागि परिपत्र गरिएको हो।

378267567_1046718579657923_3765654910818300351_n1695051786.png

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij