२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षाको कारण विपद् परेको भन्दै सबै तहका परीक्षा केही समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै सरकारले विपद्मा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिए । मृतकका परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij