२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

त्रिविमा २०५८ पछिका परीक्षार्थीलाई एकपटक मौका परीक्षा

त्रिविमा २०५८ पछिका परीक्षार्थीलाई एकपटक मौका परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा रद्द गर्ने भएको छ । सोमबार बसेको परीक्षा सुधार समितिको बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिए परीक्षा रद्द हुने निर्णय गरेको हो ।

त्यस्तै बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थाअन्तर्गतका विद्यार्थीको हकमा वार्षिक प्रणालीअनुसार २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीलाई एकपल्टका लागि मौका परीक्षाको अवसर दिनेसमेत निर्णय भएको छ ।

बैठकपछि जारी सूचनामा भनिएको छ, ‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij