वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा भएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी भएका छन् ।
केहीबेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुन् । प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij