२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

 

काठमाडौँ ।  यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ को कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता शेयर किनबेच भएको छ ।

काठमाडौं  । बुधबार सेयर बजार नेप्से ओरालो लागेको छ । बुधबार नेप्से ०.१५ प्रतिशतले घट्ता २५७६.७६ विन्दुमा पुगेको छ । शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij