२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

 

खाँदबारी (सङ्खुवासभा) ।  सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधबार टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij