काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो।
साेहीबमाेजिम राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए।
नागरिकता विधेयक गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा थियो। राष्ट्रपति पौडेलले यसअघिकै राष्ट्रपतिको कार्यकालमा आएर रोकिएको विधेयक अघि बढाउन मिल्छ या मिल्दैन भन्नेबारे कानुनविद्सँग छलफल पनि गरेका थिए।
यसअघिको दुवै सदनबाट दुईपटकसम्म नागरिकता विधेयक पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो। तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेर राखेकी थिइन्। सोही विधेयक अहिले प्रमाणीकरण गरिएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij