२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर  । नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij